सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान नपाएकालाई सरकारले रोजगारी दिने

२०७६ चैत्र १६, १०:३४ खबर संवाददाता

सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जान नपाएका नागरिकलाई रोजगारी दिने भएको छ। वैदेशिक रोजगारीमा जान नपाएका तथा फर्किएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सामेल गरिने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका हुन्।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन प्रभावितका लागि राहत स्वरुप यस्तो निर्णय गरेको हो।

उनीहरुलाई संवन्धित स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रममा सामेल गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस