सुदूर नेपाललाई विश्वसँग जोड्दै

लक डाउन उल्लंघन गर्ने र क्वारेन्टाइनमा नबस्नेलाई जेल हाल्ने निर्णय

२०७६ चैत्र १६, ०६:४० खबर संवाददाता

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लक डाउनको उल्लंघन गर्ने र तोकिएअनुसार क्वारेन्टाइनमा नबस्नेलाई जेल हाल्ने निर्णय सरकारले गरेको छ।

आइतबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले संक्रामक रोग ऐन २०२० अनुसार लक डाउन लागू गरिएको हुँदा त्यसको उल्लंघ गर्नेलाई पनि सोही ऐन बमोजिम कारबाही गर्ने निर्णय गरेको हो।

लक डाउनको उल्लंघन गर्ने र स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले भनेअनुसार क्वारेन्टाइनबाट भाग्ने क्रम बढेपछि समन्वयन समितिले कानुनी दायरामा ल्याउने भएको छ।

ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई एक सय रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा र्पुयाउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा या दुवै हुन सक्ने व्यवस्था छ।
 

कमेन्ट लोड गर्नुस