सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा घुम्ती खाद्यान्न बिक्री सेवा संचालनमा

२०७६ चैत्र १६, ०५:१८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा घुम्ती खाद्यान्न बिक्री सेवा संचालनमा आएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी गरिएको लकडाउनका कारण बजार पूर्णरुपमा ठप्प भएपछि जिल्लावासिलाई खाद्यान्न अभाव नहोस भनेर घुम्ती खाद्यान्न बिक्री सेवा संचालनमा ल्याइएको उद्योग वाणिज्य संघ कञ्चनपुरले जनाएको हो। 

घुम्ती पसल जिल्लाको भीमदत्त नगरपालिका क्षेत्रमा संचालन गरिएको अध्यक्ष जंगबहादुर मल्लले बताए। उनले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, थोक तथा खुद्रा बिक्रेतासँगको समन्वयमा घुम्ती खाद्यान्न बिक्री सेवा संचालनमा ल्याइएको बताए। 

घुम्ती खाद्यान्न बिक्री सेवामार्फत पुरानै मुल्यमा चामल, दाल, सोया लगायतका खाद्यान्न सामाग्री स्थानीयका घरमा पु¥याएको छ।  

लकडाउन जारी गरिँदा पसल तथा शब्जीमन्डी बन्द भएका छन्।  जिल्लाका अन्य क्षेत्रमा समेत उक्त पसल संचालनमा ल्याउन स्थानीय तहसँग समन्वय भइरहेको अध्यक्ष मल्लले बताए। 

कमेन्ट लोड गर्नुस