सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध वैशाख ३ गतेसम्म लम्बिने

२०७६ चैत्र १६, ०४:२६ खबर संवाददाता

सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध दुई साता थप्ने भएको छ।

आइतबार दिउँसो बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले वैशाख ३ सम्म उडानमा प्रतिबन्ध लगाउन मन्त्रिपरिषद्लाई सुझाव दिने निष्कर्ष निकालेको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए।

कमेन्ट लोड गर्नुस