सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र १६, ११:२८ खबर संवाददाता

सुनसरी इनरुवा–६ मा शनिबार मोटरसाइकल दुर्घटनामा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ६ प १८३० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरी राजविराज नगरपालिका–६ का ४० वर्षीय विष्णुदेव यादव घाइते भएका छन्। गम्भीर घाइते भएका यादवको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस