सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतकी महारानीलाई पनि कोरोना संक्रमण

२०७६ चैत्र १६, ११:०१ खबर संवाददाता

बेलायती महारानी इलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। इन्डिपेन्डेन्ट डट एनजीका अनुसार यसअघि कोरोना संक्रमण देखिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग मार्च ११ मा भेट गरेकी भएकाले उनलाई कोरोना पोजिटिभ देखिनु आश्चार्य नभएको जनाएको छ।

बगिङ्हम प्यालेसका अनुसार जोन्सनले मार्च ११ मा महारानीसँग भेट गरेका थिए। यसअघि प्रधानमन्त्री जोन्सनलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन्। उनले आफू घरबाटै काम गर्नेसमेत बताएका थिए। दरबारका अनुसार उनको स्वास्थ्य अवस्था राम्रो छ। उनलाई सामान्य लक्षणहरु देखिएका छन्।

दरबारले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘महारानीलाई पनि कोरोना पोजेटिभ संक्रमण देखिएको छ। उनी अहिले विन्डसोस क्यासलमा सेल्फ–आइसोलेसनमा छन्। महारानी र प्रधानमन्त्रीबीच मार्च ११ मा भेट भएको थियो।’ यसअघि बुधबार राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण देखिएको थियो। एजेन्सी

 

कमेन्ट लोड गर्नुस