सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौसम : पहाडी क्षेत्रमा आंशिक बदली

२०७६ चैत्र १६, ०८:३७ खबर संवाददाता

आइतबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।

अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएको तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने र अन्य ठाउँको मौसम भने सफा हुने मौसमविद् मीनकुमार अर्यालले बताए। उनका अनुसार तापक्रम बढ्दै गएकाले अब दिउँसोपछि हावाहुरी चल्न थाल्नेछ। 

जमिनको सतह तातेपछि भूमरी बनेर हावाहुरी चल्ने मौसमविद् अर्यालको भनाइ छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरिकै तापक्रम बढ्दै गएको छ। शनिबार २९ डिग्री सेल्सियस पुगेको काठमाण्डौको शनिबार दिउँसोको तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ। 
 

कमेन्ट लोड गर्नुस