सुदूर नेपाललाई विश्वसँग जोड्दै

संक्रमित दुई युवतीसँगै जहाजमा आएका तीन जनाको नतिजा नेगेटिभ

२०७६ चैत्र १५, ०८:४२

फ्रान्स र बेल्जियमबाट आएकी कोरोना संक्रमित दुई युवतीसँगै कतारबाट आएका चितवनका तीन जनाको परीक्षणको नतिजा नेगेटिभ आएको छ।

शनिबार अपरान्ह आएको नतिजामा तीन जनाको नतिजा नेगेटिभ आएको र बाँकी दुई जनाको परीक्षण जारी रहेको भरतपुर कोरोना अस्पतालका प्रमुख डा। भोजराज अधिकारीले सेतोपाटीलाई जानकारी दिए। आजै आएको नतिजामा बाग्लुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्। बेल्जियमबाट आएकी आजको संक्रमित युवती र अघिल्लो संक्रमित युवती सँगै कतारको दोहाबाट एउटै जहाजमा आएका थिए।

गत चैत ४ गते दुवै संक्रमित युवती कतारको दोहाबाट कतार एअरको क्युआर ६५२ जहाजमा नेपाल आएका थिए। जहाजमा उनीहरूसँगै १ सय ५८ जना यात्रु थिए। सोही जहाजमा चितवनका ५ जना मानिस सवार थिए। जसमध्ये तीन जनाको परीक्षणको नतिजा नेगेटिभ आइसकेको छ।
सरकारले उक्त जहाजमा रहेको यात्रुहरूमध्ये कतिको परीक्षण गरियो भन्ने आधिकारिक तथ्यांक प्रस्तुत गरेको छैन।

सरकारले ती यात्रुमध्ये धेरैलाई परीक्षण गर्नेभन्दा पनि होम क्वारेन्टाइनमै बस्न भनेको छ। सेतो पार्टी
 

कमेन्ट लोड गर्नुस