सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोटाङबाट गर्भवतीको उद्दार

२०७६ चैत्र १५, ०८:२६ खबर संवाददाता

खोटाङबाट गर्भवतीको उद्दार गरिएको छ। अत्याधिक रक्तश्राव भएकी खोटाङकी सिर्जना तामाङको उद्दार गरिएको हो।

खोटाङ ऐसेलुुखर्क गाउँपालिका वडा नम्बर ३ की २२ वर्षिया तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि शनिबार उनको महिलाको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचार भइरहेको छ।

पाँच महिनाको गर्भवती महिलालाई शुक्रबार साँझदेखि रक्तश्राव भएको थियो। शनिबार बिहानै ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने देखेपछि चिकित्सकको सुझावमा गर्भमा रहेकी शिशु र आमादुवैको जीवन रक्षाका लागि काठमाडौं रिफर गर्नु परेको केन्द्रकी अहेव निर्मला शर्माले जानकारी दिएका छन्। 

दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस