सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको औषधि भनेर मिथानोल पिउँदा ३ सय जनाको मृत्यु

२०७६ चैत्र १५, ०२:३५

कोरोना भाइरसको औषधि भनेर मिथानोल पिउँदा ३ सय जनाको मृत्यु भएको छ। इरानमा मिथानोलले कोरोना ठिक हुन्छ भन्ने हल्लाको भरमा पिउँदा हजार बढी बिरामी भएका भने ३ सय जनाको मृत्यु भएको हो।

समाचार वेबसाइट डेली मेलले इरानी मिडियाको हवाला दिँदै मिथानोल कम्तिमा पनि १० हजारभन्दा धेरैले पिएको जनाएको छ।

इरानमा २३७८ जनाको कोरोनाका कारण मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ। इरानमा कोरोना भाइरसका संक्रमितको संख्या ३२३३२ पुगेको छ। –एजेन्सी
 

कमेन्ट लोड गर्नुस