सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व स्वास्थ्य संगठनको चेतावनीः विश्व अनिश्चित भविष्य तर्फ लाग्दैछ

२०७६ चैत्र १५, ०८:३४ खबर संवाददाता

कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या झण्डै ६ लाख पुगेको छ। यस्तै २७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ। परिस्थिति थप संकटपूर्ण बन्दै गएका बेला विश्व स्वास्थ्य संगठनले संक्रमितको जीवन रक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने पिपिईको अभाव गम्भीर बनेको बताएको छ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसका कारण हुने कोभिड–१९ विरुद्ध प्रभावकारी नतिजा नदेखिएका औषधिको प्रयोग रोक्न पनि सुझाव दिएका छन्।

डब्लुएचओका आपतकालीन अवस्था सम्बन्धी शीर्ष विज्ञ डा. माइक रायनले विश्व अनिश्चित भविष्य तर्फ लागेको बताए। उनले भने, ‘विश्वका धेरै देशहरुमा यो महामारी चक्रको सुरुवात मात्रै भएको देखिँदै छ । केही देशहरु यो महामारीको चक्रबाट गुज्रिएका छन्, सिंगापुर र चीन । यी देशहरुमा रोग पुनः नफैलियोस् भन्ने छ।’

कमेन्ट लोड गर्नुस