सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट नेपाली आउने क्रम रोकिएन, लुकिछिपी कञ्चनपुर छिर्न खोज्ने २० जना नियन्त्रणमा

फोटो : लक्ष्मण तिवारी
फोटो : लक्ष्मण तिवारी
२०७६ चैत्र १४, ०६:१२ खबर संवाददाता

कञ्चनपुर: सरकारले कोभिड– १९ रोकथामका लागि गत मंगलबारदेखि देश लकडाउन गरेको छ। सोही दिन सरकारले भारतका विभिन्न स्थानबाट आएर दक्षिणी सीमाक्षेत्रमा जम्मा भएका नेपालीलाई घर आउन अन्तिम मौका समेत दिएको थियो। 

तर भारत सरकारले समेत लकडाउन गरेको अवस्थमा भारतबाट नेपाल आउनेहरुको क्रम भने रोकिएको छैन। शुक्रबार मात्रै कञ्चनपुरका सीमा नाका भएर लुकिछिपी आउन खोज्ने २० जनालाई कञ्चनपुरले प्रशासनले नियन्त्रणमा लिएको छ। 

‘केही नेपाली लुकिछिपी आइरहेका छन्, उनीहरुलाई नियन्त्रणमा लिएका छौ’ प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भने ‘उनीहरुको स्वास्थ्य परिक्षण गरेर के गर्ने भनेर छलफल गर्छौ।’
 

कमेन्ट लोड गर्नुस