सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण (भिडियो)

२०७६ चैत्र १४, ०५:२४

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्।

प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन्।

‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछ,’ जोन्सनले भनेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
 

कमेन्ट लोड गर्नुस