सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कोरोना लागेको भन्दै छोरीको घरबाट आमा र दाजुभाउजु लखेटिएपछि .....

२०७६ चैत्र १४, ०२:४४ खबर संवाददाता

कञ्चनपुरमा कोरोना लागेको भन्दै छोरीको घरबाट आमा सहितका दाजुभाउजु निकालिएका छन्। चैत ९ गते भारतबाट फर्किएर बेल्डाडी गाउँपालिका २ मा रहेको छोरीको घरमा आश्रयका लागि पुगेका डडेल्धुराको गन्यापधुरा १ की खिमादेवी दमाई सहितका सात जनालाई घरबाट निकालिएको थियो।

छोरीको घरबाट निकालिदिएपछि अलपत्र परेका उनीहरुको उद्दार गरी सम्बन्धीत निकायको जिम्मा लगाईएको बेल्डाडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाक्षेत्रीले बताए। उनले गत ९ गते भारतबाट आएका उनीहरुको उद्दार गरी गन्यापधुरा गाउँपालिकाको जिम्मा लगाएको बताए।

थापा क्षेत्रीले कोरोना लागेको भन्दै छोरी सहित उनीहरुलाई निकालेको बुझिएको बताए। गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले उनीहरुलाई उद्दार गरी ल्याईरहेकाले छुट्टै क्वारेन्टाईनमा राखिने जानकारी दिए।

‘भारतबाट फर्किएर छोरीका घर पुगेका रहेछन्, खिमादेवीका चारजना छोराबुहारी, दुई नातीनतीना गरी ७ जनालाई प्रहरी प्रशासनको सहयोगमा यता पठाईएको छ। हामी क्वारेन्टाईनमा राख्छौँ।’ अध्यक्ष मल्लले भने।   
 

कमेन्ट लोड गर्नुस