सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको संक्रमणबाट निको भएका एक लाख २४ हजार घर फर्किए

२०७६ चैत्र १४, ०१:२५ खबर संवाददाता

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) को संक्रमणबाट निको भएर एक लाख २४ हजार बढि व्यक्तिहरु घर फर्किएका छन्। हाल सम्म नेपाल सहित विश्वका एक सय ९९ देशमा कोरोना भाईरसको संक्रमण देखिएकोमा यो समाचार तयार पार्दा सम्म एक लाख २४ हजार तीन सय ९५ जना निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

पाँच लाख ३६ चार सय ५४ जनामा संक्रमण देखिएकोमा मृत्यु हुनेको संख्या २४ हजार एक सय १२ पुगेको छ भने तीन लाख ८७ हजार ९ सय ४७ जनाको अहिले उपचार भईरहेको छ। अहिले सम्म सबैभन्दा विश्व महाशक्ति राष्ट्र अमेरिकामा ८५ हजार ६ सय १२ जना संक्रमित भेटिएका छन्।

त्यसपछि पहिलो पटक कोरोना भाईरस देखिएको चीनमा ८१ हजार ३ सय ४० संक्रमित भेटिएकोमा ७४ हजार पाँच सय ८८ जना पूर्ण रुपमा निको भएका छन् भने तीन हजार दुई ९२ को मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस