सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनको चौथो दिन, उल्लंघन बढ्यो

लकडाउनमा सुनसान धनगढी बजार
लकडाउनमा सुनसान धनगढी बजार
२०७६ चैत्र १४, ०८:५९ खबर संवाददाता

धनगढी : ‘लकडाउन’को चौथो दिन शुक्रबार पनि देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका गाडीमात्र चलिरहेका छन्। अरु गाडी भने चलाउन रोक लगाइएको छ। यद्यपी कैलाली सहित सुदूरपश्चिमका विभिन्न जिल्लामा भने लकडाउनको उल्लंघन बढ्दै गएको छ। विहानैदेखि धनगढी सहितका विभिन्न बजारमा सर्वसाधारण विभिन्न काम भन्दै घुमिरहेका छन्।

गएको मङ्गलबारदेखि आउँदो मङ्गलबारसम्म देशभर लकडाउनको घोषणा गरेकाले अति आवश्यक नपरि घरबाहिर ननिस्कन पनि सरकारले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयको अनुमति बिना चलेका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर बेलुकीमात्रै छोड्ने गरेको छ। 

कोरोना सङ्क्रमण रोकथामको लागि लकडाउन गरिएकाले पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ। कोरोना भाइरस (कोभिड – १९) एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सिङ्गो घरपरिवार र आफन्तको लागि लकडाउन पालना गर्न सरकारले आग्रह गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस