सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोना नियन्त्रण गर्न सघाउने

२०७६ चैत्र १३, ०९:४४ खबर संवाददाता

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सक्दो पहल थाल्ने निर्णय गरेको छ। संघको सचिवालय बैठकले कोभिड १९ तयारी व्यवस्थापन तथा समन्वय गर्न १४ सदस्यीय समिती गठन गरेको छ। संघका वरिष्ठ उपाध्यक्ष डा। कृष्णगोपाल महर्जनको संयोजकत्वमा १४ सदस्यीय समिती गठन गरेको छ।

समितीको सदस्यहरुमा मदनकुमार वली, केदार पराजुली, राधा सिलवाल, जगत नेपाली, विष्णु फुंयाल रहेका छन्। यस्तै, सदस्यहरुमा डा।सन्तोष पौडेल,शारदा खनाल, इश्वरी ढकाल,अञ्जु वस्नेत,पुष्पराज खनाल, पाण्डव वराल, भिमराज सिंह रहेका छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी संघका सचिव मदनकुमार वलीका अनुसार समितीले कोभिड १९ तयारी व्यवस्थापन तथा समन्वय गर्नेछ।
 

कमेन्ट लोड गर्नुस