सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

२०७६ चैत्र १३, ०९:२६

छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयले बिहिबार साँझसम्म १६ जनाको मृत्यु भएको जानकारी दिएको हो।

इन्डियन एक्सप्रेसका अनुसार स्वास्थ्य मन्त्रालयको बिहिबारको बुलेटिनमा ६९४ जना संक्रमित भइसकेको तथ्यांक छ। यी मध्ये ४४ जना नीको भई घर फर्किइसकेका छन्। भारतले कोरोना भाइरस संक्रमणको रोकथामका लागि २१ दिनको लकडाउन गरेको छ। आजै भारत सरकारले विशेष राहत प्याकेज घोषणा गरेको छ। एजेन्सी 
 

कमेन्ट लोड गर्नुस