सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘लक डाउन’को मौका छोपी कालोबजारी गर्ने ११ जना पक्राउ

२०७६ चैत्र १३, ०८:५५ खबर संवाददाता

‘लक डाउन’को मौका छोपी कालोबजारी गर्ने ११ जना जनकपुरधामबाट पक्राउ परेका छन्। बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट बजार अनुगमनको लागि खटिएको प्रहरी टोलीले ग्यास, आलु, प्याज, रिचार्ज कार्ड लगायतका बस्तुको कालोबाजारी गर्ने ११ जनालाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ग्यास सिलेण्डर, आलु, प्याज र रिचार्ज कार्डसमेत नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। प्रहरीले प्रतिग्यास सिलिण्डर १७ सयमा बेच्ने एक जना, आलु प्रतिकेजी ६० र प्याज प्रतिकेजी ८० को दरले बेच्ने ९ जना र ५० को रिचार्ज ६० मा बेच्ने एक जना गरी ११ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं। १६ कपिलेश्वर का ५२ वर्षीय राम अनुठ ठाकुर, वडा नं। १२ का ३५ वर्षीय जित साह, वडा नंं। ४ का ५० वर्षीय विनोद कुमार साह, ४८ वर्षीय कुशेश्वर चौधरी, वडा नं। ७ का २८ वर्षीय अजय साह, २४ वर्षीय प्रविन साह, वडा नं। ४ का ४३ वर्षीय राज किशोर यादव, वडा नं। १ का ३१ वर्षीय गुलजार शेख, वडा नं। १ का ३१ वर्षीय प्रमोद साह रहेका छन्। यस्तै वडा न ४ का १९ वर्षीय कुन्दन कुमार साह र वडा नं। ४ का २६ वर्षीय विकाश कुमार महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ।
 

कमेन्ट लोड गर्नुस