सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुराममा क्वारेन्टाइनमा राखिएकालाई घर पठाइयो

२०७६ चैत्र १३, ०७:३६ खबर संवाददाता

डडेल्धुरा:  डडेल्धुराको परशुराम नगरपालिकाले क्वारेन्टाइनमा राखेका  ३९ जनालाई  आज घर पठाएको छ। जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाले भारतबाट फर्किएका उनीहरुलाई बुधबार परशुराम नगरपालिका–१२ त्रिवेणी बहुमुखी क्याम्पसमा बनाइएको क्वारेनटाइनमा राखिएको थियो।

आज बिहान उनीहरूको स्वास्थ्य परीक्षण सामान्य देखिएकाले क्वारेनटाइनबाट घर पठाईएको परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए।

उनका अनुसार भारतबाट घर फर्किएका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका व्यक्तिलाई १४ दिनसम्म क्वारेनटाइनमा राख्ने भनेपनि स्वास्थ्य परीक्षणमा संक्रमण नदेखिएकाले स्वास्थकर्मीको सल्लाहअनुसार घर पाठइएको नगरप्रमुख साउदले बताए। रासस

कमेन्ट लोड गर्नुस