सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशबाट फर्किएकालाई क्वारेण्टाइनमा बस्न सरकारको आग्रह

२०७६ चैत्र १३, ०५:३८ खबर संवाददाता

सरकारले विदेशबाट फर्किएका सबैलाई अनिवार्य क्वारेण्टाइनमा बस्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले विदेशबाट आएका सबैलाई अनिवार्य क्वारेण्टाइनमा बस्न आग्रह गरेका हुन्। उनले कोरोना भाइरसको डरले नआत्तिन, तर सचेत रहन आग्रह पनि गरेका छन्।

कोरोनाको लक्षण तत्काल नदेखिने भएकाले उनले बारम्बार साबुनपानीले हात धुन र सकेसम्म एक अर्कोको दूरी बढाउन पनि आग्रह गरे। पन्जा, चस्मा, मास्क र टोपी लगाएमा पनि कोरोनाको जोखिमबाट बच्न सकिन्छ।
 

कमेन्ट लोड गर्नुस