सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा रेलसेवा पनि बन्द

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र १३, ०५:२३

करिब १ अर्ब ३७ करोड जनसङ्ख्या भएको भारतले कोरोनाभाइरस महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ।

रेल प्रणालीलाई प्रायः भारतको जीवन रेखाका रूपमा वर्णन गरिन्छ। विशाल उपमहाद्वीपमा प्रत्येक दिन २ करोड ३० लाख व्यक्तिले रेलयात्रा गर्ने गरेका हुन्छन्। अर्थात प्रत्येक वर्ष ८ अर्ब भन्दा बढी व्यक्तिले भारतमा रेलको यात्रा गरेको तथ्याङ्क रहेको छ।

विश्वकै रेलयात्राको सञ्जाल हेर्दा चौथो ठूलो सञ्जालका रुपमा भारतीय रेल पर्दछ। प्रत्येक दिन यात्रु र कार्गो बोक्ने १२ हजार १०० भन्दा बढी रेल सञ्चालनमा रहेका छन्। ती रेलहरु ६७ हजार ४१५ किलोमटिर गुडेको पाइन्छ। रेल सेवा सञ्जालमा १२ लाख भन्दा बढी कामदारले रोजगारी पाएका छन्।

आइतवारबाट सो रेल सेवा बन्द भएपछि कैयौँ व्यक्ति रेलवे स्टेशनहरुमा फसेका थिए। नयाँ दिल्ली रेलवे स्टेशन ( सामान्यतया २४ घण्टा नै भरिभराउ भएर गुड्ने गर्दछ। जसमा रेलवे स्टाफ, खाजाघर र समाचारपत्र बेच्ने पसलहरूसहित रहेका हुन्छन्। प्लेटफर्ममा सुतिरहेका अपरिचित व्यक्तिहरू अलपत्र अवस्थामा देखिएका थिए।

भारतभरि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ६७० नाघेको छ। भारतमा आजसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन्। सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ। कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गरेका छन्। 

गत मङ्गलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मध्यरातबाट लागू हुनेगरी आगामी २१ दिनसम्म लकडाउन जारी रहने घोषणा गरेका थिए। रासस
 

कमेन्ट लोड गर्नुस