सुदूर नेपाललाई विश्वसँग जोड्दै

संक्रमित किशोरीसंगै नेपाल आएका कञ्चनपुरका युवा सेल्फ क्वारेन्टाइनमा

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र १३, ०४:१९ खबर संवाददाता

धनगढी : कोरना संक्रमित भई टेकु अस्पतालमा उपचारार्थ १९ वर्षीया किशोरीसँगै विदेशबाट नेपाल आएका कञ्चनपुरका एक युवा आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन्। केही दिनअघि कोरोना संक्रमित किशोरी चढेको कतार एयरवेजकै जहाजमा नेपाल आएका कञ्चनपुर महाकाली नगरपालिका ४० वर्षीय युवा घरमै सेल्फ क्वारेन्टाइनमा राखिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्र पौडेलले घरमै स्वास्थ्य जाँच गर्दा कोरोनाको लक्ष्यण नदेखिएपछि घरमै सुरक्षित बस्न दिईएको बताए। परिवारका सदस्यबाट टाढा सेल्फ क्वारेन्टाईनमा बसन सुझाईएको उनले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस