सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउन : कञ्चनपुरमा पत्रपत्रिका प्रकाशन बन्द

२०७६ चैत्र १३, ०२:१६

कञ्चनपुर: कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई विशेष ख्याल गर्दै देशव्यापि ‘लकडाउन’ भएपछि यहाँबाट प्रकाशित हुने पत्रपत्रिकाको प्रकाशन बन्द भएका छन्। 

छापाखानामा काम गर्न कामदार तथा पत्रपत्रिका ग्राहककहाँ पु¥याउन समस्या भएपछि  प्रकाशन बन्द गरिएकोे जनाइएको छ। गत आइतबारदेखि जिल्लामा पत्रपत्रिका प्रकाशन भएका छैनन्। जिल्ला लकडान भएपछि बजार क्षेत्रमा पत्रपत्रिका पु¥याउन निकै समस्या र सुरक्षा चुनौति बढेपछि  प्रकाशन बन्द गर्नु परेको भीमदत्त नगर बजारबाट प्रकाशन हुने विकल्प दैनिकका कार्यकारी सम्पादक रनि विवसले जानकारी दिए। 

पत्रिकाबन्द भएपछि घरमै परिवारसँगै बस्दै आएको छु उनले भने, “सामाजिक सञ्जाल र मोवाईल फोन मार्फत सम्पर्कमा रहने गरेको छु। स्वयं सुरक्षित हुनु वुद्धिमानि हो।”

नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष बिष्णु अवस्थीले केही दिन अघि सञ्चारकर्मीलाई सुरक्षित भई समाचार सङकलन गर्न आव्हान गर्नु भएको थियो। जिल्ला बाट दैनिक र साप्ताहिक गरी डेढ दर्जन पत्रपत्रिका प्रकाशित हुदै आएका छन। -रासस

कमेन्ट लोड गर्नुस