सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, ६ सय ४९ संक्रमित

। फोटो स्रोत ।
२०७६ चैत्र १३, १२:४० खबर संवाददाता

भारतमा कोरोना भाइरस (कोभिड १९) बट मृत्यु हुनेको संख्य १३ पुगेको छ। भारत प्रशासित कश्मीरमा बिहीबार कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित एक जनाको मृत्यु भएपछि मृतको संख्या १३ पुगेको हो। 

बिहीबार बिहान श्रीनगरको चेस्ट डिजिज अस्पतालमा ६५ वर्षीय पुरुषको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी भारतको नयाँ दिल्ली, उत्तर प्रदेश र जम्मू हुँदै फर्किएको एउटा समूहसँगै कश्मीर पुगेका थिए। ज्यान गुमाउने व्यक्ति मधुमेह, रक्त चाप र मोटोपनाबाट पीडित रहेको बताइएको छ।

यस्तै  ६ सय ४९ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। जसमध्ये ४२ जना उपचारपछि निको भएका छन्।

कमेन्ट लोड गर्नुस