सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब आधा सिलिन्डर भरेको ग्यास मात्र पाइने

२०७६ चैत्र १३, १२:३० खबर संवाददाता

अब सिलिण्डर आधा मात्र भरेको ग्यास पाइने भएको छ। नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो। हाल एक सिलिन्डरमा १४ दशमलव २ केजी ग्यास हुन्छ। तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ।

निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास र्पुयाउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो। आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले पुष्टि गरे।

२०७२मा भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो। अहिले कोरोना भाइरसको सन्त्रासका कारण ग्यासको माग उच्च छ। तर बजारमा आपूर्ति निकै कमजोर छ, कालोबजारी मौलएको छ। सुरुमा ग्यास आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन सुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको छ।

सबैलाई ग्यास उपलब्ध गराउन आधा सिलिण्डर मात्र भरेर बेच्न लागिएको सरकारको तर्क छ। एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरे भन्छन्, हामीले आधा भर्न सुरु गरिसकेको छैनौं। सरकारबाट थप निर्देशन कुरिरहका छौं।’

कमेन्ट लोड गर्नुस