सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनको तेस्रो दिन, कैलालीमा उल्लंघन रोकिएन

२०७६ चैत्र १३, ०८:३७ खबर संवाददाता

धनगढी : लकडाउनको तेस्रो दिन आज पनि सुदूरपश्चिमसहित देशभरका सहर सुनसान छन्।  कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई सर्वसाधारणले साथ दिएका छन्। सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ। दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन्। 

कैलाली जिल्लामा भने आज पनि आशिंक उल्लंघन भईरहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसार बुधवार मात्रै लकडाउन उल्लंघन गर्दा एक सय ४३ सवारी नियन्त्रणमा लिईएको थियो।

आज पनि लकडाउनलाई कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको उनले बताए। लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ।
 

कमेन्ट लोड गर्नुस