सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित युवतीसँगै आएका कञ्चनपुरका एक जना महाकाली अस्पतालमा भर्ना

२०७६ चैत्र १३, ०६:५८ खबर संवाददाता

धनगढी : कोरोना संक्रमित युवतीसँगै नेपाल आएका कञ्चनपुरका एक पुरुषलाई महाकाली अस्पतालमा भर्ना गरिएको छ। कञ्चनपुरको दोदोधराको ति पुरुषलाई अस्पतालको आईसोलेसनमा राखिएको हो। उनी बुधबार महाकाली अस्पतालको सम्पर्कमा आएको र सामान्य स्वास्थ्य जाँचपछि उनलाई पनि अस्पतालको आईसोलेसनमा राखिएको अस्पतालले जनाएको छ। 

उनको थ्रोट स्वाव परीक्षणको लागि आज काठामडौँ पठाइने छ। सँगै नेपाल आउने युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुलाई प्रहरीले खोजी गरिरहेको छ।

फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमित पुष्टि भएपछि संगै आएका धनगढीका युवक पनि सेती अस्पतालको आइसोलेसनमा छन्। उनलाई भाईसहित सेती अस्पतालको आईसोलेसनमा राखिउको छ।

प्रहरीले धनगढीका एक जना युवक सोही जहाजमा आएको थाह पाएपछि खोजी गरिरहेको थियो भने ति युवक भाई सहित आफै अस्पतालमा भर्ना भएका हुन्। 
 

कमेन्ट लोड गर्नुस