सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्वारेन्टाइनमा राखिएका एक पुरुषको पोखरामा मृत्यु

२०७६ चैत्र १३, ०६:४५ खबर संवाददाता

१२ दिनअघि भारतबाट फर्किएका कास्कीको रुपा गाउँपालिकाका एक जनाको पोखरामा मृत्यु भएको छ। क्वारेन्टाइनमा राखिएका रुपा गाउँपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए।

उनलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो। उनमा मुटु तथा कलेजोको समस्या रहेको परिवारका सदस्यले जानकारी दिएका छन्।

उनका कोरोनाको कुनै संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको थियो। नेपालीमा कोरोना संक्रमणको यकिन गर्न नमूना संकलन गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस