सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्डक्सन प्रयोग बढाउन विद्युत र भन्सार महसूलमा छूट

२०७६ चैत्र १२, १०:४५ खबर संवाददाता

सरकारले इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्न भन्दै विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने भएको छ। कोरोना रोकथाम उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो।

अभाव चर्किएपछि अहिले बजारमा खाना पकाउने ग्यासको चरम अभाव छ । त्यसलाई हटाउने गरी सरकारले विद्युत महसूल र भन्सार महसूल छूट दिने निित लिन लागेको हो। ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने र यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने निर्णय पनि गरिएको छ।

कमेन्ट लोड गर्नुस