Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीलाई कोरोना

खवर संवाददाता
२०७६ चैत्र १२, ०५:५९
अ+

भारतको मध्य प्रदेशमा पत्रकार सम्मेलनमा सहभागी एक सञ्चारकर्मीलाई कोरोना (कोभिड(१९) भाइरसको संक्रमण पुष्टि भएको छ। मध्यप्रदेशका मुख्यमन्त्री कोमलनाथद्वारा पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी ती पत्रकार र उनका छोरीमा समेत संक्रमण देखिएको छ।

आफूले आयोजना गरेका पत्रकार सम्मेलनमा आएका सञ्चारकर्मी संक्रमित भएपछि निवर्तमान मुख्यमन्त्री कोमलनाथ क्वारेन्टाइनमा बसेका छन्। पत्रकार सम्मेलनमा दुई सय भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

ती पत्रकारहरू क्वारेन्टाइनमा गए नगएको स्पष्ट भइसकेको छैन। भारतमा ५६२ जनामा कोरोना देखिएको छ भने १० जनाको ज्यान गइसकेको छ।
 

Skip Ad