सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा बैठक स्थगित

२०७६ चैत्र १२, १२:१९

संघीय संसद प्रतिनिधिसभाको बैठक २३ गतेसम्मका लागि सूचना टाँसेर स्थगित भएको छ। कोरोना भाइरस (कोभिड(१९)को संक्रमण फैलिने डरले मुलुक लकडाउनमा रहेकाले १३ गतेका लागि आह्वान गरिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो। 

बुधबार संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले एक विज्ञप्ति जारी गर्दै संसदको बैठक स्थगित भएको जनाएका हुन्। योगीले भने, ’बिहीबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोभिड –१९ भारइरसको सम्भावित संक्रमणका कारण नेपाल सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएका कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो।’

प्रतिनिधिसभाको अर्को बैठक २३ गते आइतबार १ बजे बोलाइएको छ। राष्ट्रियसभाको बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ। संसदको पाँचौं अधिवेशन अन्तिम चरणमा आएको छ। सम्भवतः २३ गतेको बैठकपछि यो अधिवेशन अन्त्य हुनेछ।
 

कमेन्ट लोड गर्नुस