सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतमा एक दिनमा ८७ को मृत्यु

२०७६ चैत्र ११, १०:२०

संयुक्त अधिराज्य बेलायतमा नोभेल कोरोना संक्रमणबाट एक दिनमा ८७ जनाको मृत्यु भएको छ। बेलायतको स्थानीय समय अनुसार बिहान ९ बजे स्वास्थ्य र सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको सूचना अनुसार सोमबारयता ८७ जनाको मृत्यु भएको पुष्टि गरिएको हो।

हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । त्यसैगरी कोरोना संक्रमित ८ हजार ९९ रहेको बताइएको छ। ९० हजार ४३६ जनाको हालसम्म कोरोना परीक्षण गरिएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आजदेखि लकडाउनको घोषणा गरेका छन्। बीबीसी
 

कमेन्ट लोड गर्नुस