सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा काँग्रेसद्धारा स्वास्थ्य सामाग्री सहयोग

२०७६ चैत्र ११, १२:३५ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस कैलालीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ। विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल रेडक्रस सोसाईटी कैलाली शाखालाई समाग्री सहयोग गरिएको कांग्रेसले जनाएको छ। कैलालीका सभापति नरनारायण शाहले मंगलबार रेडक्रसका सभापति उत्तमराज जोशीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन्।

उनले स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने सामाग्रीको अभाव रहेकाले सहयोग गरेको बताए। काँग्रेसले एक हजार साबुन, पाँच हजार डिस्पोजल पञ्चा र पचास हजार पिस टिस्यु रुमाल नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीलाई हस्तान्तरण गरेको हो। सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्र्नुपर्ने उनले बताए।

उनले सहयोगका लागि वडा स्तर सम्म निर्देशन दिएको पनि बताए। स्वास्थ्य सामाग्री बुझ्दै नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तमराज जोशीले सहयोगले महाविपत्ती सामना गर्न सहज हुने बताए। उनले अन्यलाई पनि सहयोग गर्ने अपिल गरेका छन्।

कमेन्ट लोड गर्नुस