सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना कोषमा एक महिनाको पारिश्रमिक दिने उपराष्ट्रपतिको निर्णय

२०७६ चैत्र ११, ०६:०८ खबर संवाददाता

उपराष्ट्रपति नन्दबहादुर पुनले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्। नेपाल सरकारद्वारा स्थापित कोषमा उपराष्ट्रपति पुनले एक महिनाको पारिश्रमिक दिने निर्णय लिएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।

उपराष्ट्रपति पुनले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपिलसमेत गरेका छन्।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी कोषमा दुई महिना बराबरको पारिश्रमिक दिने निर्णय गरेकी थिइन्। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि सरकारले उक्त कोष निर्माण गरेको हो। सो कोषमा सरकारका मन्त्रीहरुले एक–एक महिनाको तलब जम्मा गरेर सुरुआत गरेका थिए।

कमेन्ट लोड गर्नुस