सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्रको चैत्र २४ को राष्ट्रिय भेला स्थगित

२०७६ चैत्र १०, ०८:४२ खबर संवाददाता

जनआन्दोलन दिवशको अवसर पारेर नेकपा (माओवादी केन्द्र) को आगामी चैत्र २४ गते हुने भनिएको राष्ट्रिय भेला स्थगित भएको छ। २४ गते काठमाडौंमा शक्ति प्रदर्शनसहित तयारी गरेको (माओवादी केन्द्र) ले राष्ट्रिय भेला कार्यकर्ता विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइसरको प्रकोपका कारण स्थगित गर्ने निर्णय गरेको हो।

आईतबार पार्टी कार्यालय गौशालामा बसेको केन्द्रीय कार्यालयको बैठकले भेला स्थगित गर्ने निर्णय गरेको पार्टीले जनाएको छ। माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीको अध्यक्षतामा बसेको उक्त बैठकले कोरोना प्रकोपबाट जोगिन नागरिकहरुलाई सचेतना जगाउन जनस्वास्थ्य व्यवस्थापनका काममा जुट्न देशभरका नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत गरेको छ।

बैठकले माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीको संयोजकत्वमा कोरोना संक्रमण प्रतिरोध व्यवस्थापन समिति गठन गर्ने र देशभर नागरिकलाई सचेतामूलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय समेत गरेको छ। 
 

कमेन्ट लोड गर्नुस