सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्ववीयु कञ्चनपुरका क्रियाशिल सदस्यलाई पूर्वाग्रही रुपमा हटाईएको आरोप

२०७६ चैत्र ९, ०८:१९ खबर संवाददाता

अनेरास्ववीयु कञ्चनपुरका क्रियाशिल सदस्यहरुलाई पूर्वाग्रही रुपमा कमिटिबाट हटाईएको आरोप लगाईएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि गठित जिल्ला कमिटिमा पूर्वाग्रही ढंगले आफूलाई नसमेटिएको भन्दै ११ जनाले संयुक्त विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन्।

साविक अनेरास्ववीयु जिल्ला कमिटि उपाध्यक्ष नरेशबहादुर सिह, सचिव टेकबहादुर थापा, सहसचिव कमल रोकाया, कोषाध्यक्ष ललित साउँद, सदस्यहरु चक्र साउद, शैलेन्द्र बस्नेत, राकेश थापा, पुष्पा ढकाल, दिलबहादुर सुनार, भीमराज शर्मा र ललित ओझाले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका छन्।

विज्ञप्तीमा ६ बुँदे असहमती जनाउँदै उनीहरुले तत्कालीन कमिटीमा त्रियाशिल रहेका विद्यार्थी नेताहरुलाई पूर्वाग्रही ढंगले हटाएको, सिनियरको वेवास्ता गरी जुनियरलाई सचिवालयमा ल्याएको, स्थानीय तहमा नियुक्त लिएर काम गरिरहेकालाई जिल्ला कमिटिमा ल्याएको तथा कमिटिमै नरहेकाहरुलाई जिल्लामा ल्याएको भन्दै आपत्ती जनाएका छन्। 
 

 

कमेन्ट लोड गर्नुस