सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित

२०७६ चैत्र ७, ०८:५७ खबर संवाददाता

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै संघीय सरकारले २५ जनाभन्दा बढीको भेला नहुने आग्रह गरेसँगै प्रदेश २ सभाको बैठक स्थगित गरिएको हो।

कोरोनाको सम्भावित संक्रमणप्रति सतर्क हुँदै प्रदेशसभा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको प्रदेश २ संसद् सचिवालयले जनाएको छ। यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले दुई वटा विधेयक पेस गरेका थिए।

उनले प्रदेश अनुसन्धान व्युरोको स्थापना, काम, कर्तव्य र अधिकारसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७६ र प्रदेश २ को जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको विषयमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पेस गरे। यस्तै, बिहीबारको बैठकमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पेस गरेको प्रदेश सहकारी विधेयकमा सैद्वान्तिक छलफल भएको छ। 
 

कमेन्ट लोड गर्नुस