सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाहालले बोलाए कोरोना भाइरसबारे सचिवालय बैठक, ओली पनि आउने

२०७६ चैत्र ४, १०:४७ खबर संवाददाता

कोरोना भाइरसलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार ४ बजे सचिवालय बैठक बोलाएका छन्। बालुवाटारमा बस्ने भनिएको बैठकमा ओली पनि सहभागी हुने बुझिएको छ।

यसअघि फागुन १८ गते सचिवालय बैठक बोलाइएको थियो। त्यो बेला ओलीले आफूले दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण नेपालमै गर्ने जानकारी गराएका थिए। नेकपामा एमसीसी अनुमोदन र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने रनलैजाने मुद्दा पेचिलो बनेको छ।

कोरोना भाइरसका त्रासका कारण सचिवालय बैठकमा यी मुद्दामा छलफल हुन सक्ने सम्भावना कम भएको सचिवालयका एक सदस्यले बताए। देश सञ्चार 

कमेन्ट लोड गर्नुस