सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा सुदूरपश्चिमका सांसद रावललाई ५ बर्ष सम्म कैद हुन सक्ने

२०७६ फाल्गुन २२, ०७:२० खबर संवाददाता

धनगढी : बलात्कार दुस्प्रयासको आरोपमा पक्राउ परेका नेकपाका सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेश सभा सदस्य अक्कलवहादुर रावललाई ५ बर्ष सम्म कैद हुन सक्ने व्यवस्था रहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार करणी प्रमाणित भए नेकपा रावललाई ५ बर्ष सम्म कैद हुने व्यवस्था रहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार जवरजस्तीकरणी उद्योगमा मुद्धा दर्ता भएकोमा साढे तीन बर्षदेखि ५ बर्ष सम्म कैद सजायको व्यवस्था रहेको छ। उनीविरुद्ध धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कि २५ बर्षीय बिबाहित महिलाले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी थिईन्। 

उनको उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्ला अदालत कैलालीबाट फागुन १५ गते पक्राउका लागि अनुमती पाएकोमा बुधवार मात्रै पक्राउ गरेको हो। रावल अछाम क्षेत्र नम्बर २ को ख बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी मेयरबाट पराजित भएपछि बाम गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका थिए। 
 

कमेन्ट लोड गर्नुस