सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाबुबाको हत्यापछि छोरीको अवस्था गम्भिर, माया मेट्रो अस्पतालले निशुल्क उपचार गर्दै

२०७६ फाल्गुन १७, ११:५५ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा आमाबुबाको हत्यापछि जिवितै भेटिएकी शिशुको स्वास्थ्य अवस्था पनि गम्भीर बनेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका ११ का ५२ बर्षीय जयलाल भण्डारी दम्पतीको हत्यापछि घरभित्र जिवितै भेटिएकी ७ महिने छोरीको अवस्था पनि गम्भीर बनेको हो।

आमाबुवाको हत्यापछि बिचल्लीमा परेकी उनको अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले नै बेहोर्ने अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बताए। उनले दिनेश खवरलाई भने, ‘आमाबुवाको हत्या भएपछि उनी टुहुरी भएकी छिन्। असहायलाई सहयोग गर्ने हाम्रो पनि जिम्मेवारी हो। त्यसै अनुसार शिशुको उपचार हामी निशुल्क गर्दै आएको छौ।’

उनको आईसियुमा राखेर उपचार भईरहेको उपचार संलग्न अस्पतालका बालरोग विशेषज्ञ डाक्टर मोहन साउँदले दिनेश खबरलाई जानकारी दिए। शिशुको  टाउकोमा चोट लागेको पाईएको उनले बताए। डाक्टर साउँदका अनुसार शिशुमा निमोनियाको संक्रमण पनि देखिएको छ। शिशु खसेको वा आमाबुबाको हत्यामा संलग्न व्यक्तिले फालेको हुनसक्ने आशंका गरिएको छ। 

कञ्चनपुरका जयलाल भण्डारी र उनकी २२ वर्षीय श्रीमती धानादेवी भण्डारी बीहिबार दिउँसो आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका थिए। पहिलो श्रीमतीको स्तन क्यान्सरबाट मृत्यु भएपछि भण्डारीले धानालाई दोस्रो श्रीमतीका रुपमा विवाह गरेका थिए। उनीरुको हत्या कसले ग¥र्यो भन्ने विषयमा अनुसन्धान जारी राखिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस