सुदूर नेपाललाई विश्वसँग जोड्दै

गालीबेइज्जती गरेको भन्दै गोकुल बाँस्कोटा अदालतमा

२०७६ फाल्गुन १६, ०३:२५ खबर संवाददाता

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो गालीबेइज्जती गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका छन्। 

७० करोड रूपैयाँ कमिसन मागेको आरोप लागेपछि मन्त्रीबाट राजीनामा दिएका बाँस्कोटाले आज अदालतमा निवेदन दिएका हुन्। 

“मविरुद्ध लगाइएको झुठा लाञ्छना र गालीबेइज्जतीको विरुद्धमा मैले आज न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी गराउँछु”, बाँस्कोटाले समाजिक संजालमा भनेका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद सम्बन्धमा कमिसनमा मोलमोलाइ गरेको अडिओ बाहिरिएपछि बाँस्कोटाले ८ फागुनमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए।
 

कमेन्ट लोड गर्नुस