सुदूर नेपाललाई विश्वसँग जोड्दै

बच्चा बोकेकी महिलामाथि पुरूष इन्स्पेक्टले यसरी बर्साए लाठी(भिडियोसहित)

२०७६ फाल्गुन १६, ०३:१६

अहिले नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

ललितपुरको भैंसेपाटीमा नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन्। पौडेलले बिहीबार दिउँसो आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई लाठी हानेका हुन्।

पौडेल महानगरीय प्रहरी वृत्त, भैंसेपाटीका इञ्चार्जको रुपमा कार्यरत रहेका छन। अर्काको घरमा छिरेर हुलहुज्जत र तोडफोड गरेपछि सामान्य बल प्रयोग गरिएको पौडेल बताउँछन्।

घटना पश्चात तीन महिलाले महानगरीय प्रहरी परिसर, ललितपुरमा भदौमा खत्रीले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएका छन्।

ती महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्।

अहिले महानगरीय प्रहरी विभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ।

कमेन्ट लोड गर्नुस