सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आमाबुबाको हत्यापछि ७ महिने छोरीलाई अस्पताल लगियो

२०७६ फाल्गुन १६, ०२:५८ खबर संवाददाता

कञ्चनपुरमा आमाबुबाको हत्यापछि टुहुरी बनेकी ७ महिने छोरीलाई अस्पताल भर्ना गरिएको छ। आमाबाबुको हत्यापछि बुधबार रातीदेखि बिहिबार दिउँसो सम्म  एक्लै  रहेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुगाईएको आफन्तले बताएका छन्।

बालिकाका मामा प्रतिक रावलले उनलाई महेन्द्रनगरको स्थानीय मेडिकलमा उपचारका लागि आज भर्ना गरेको बताए। बालिकाको श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएपनि चिकित्सकले आवश्यक औषधी दिएको बताएका छन्। तर चिकित्सकले बालिकालाई अस्पताल भर्ना नगर्नु पर्ने भनेपछि फिर्ता ल्याईएको छ।

बिहिबार कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ११ कलुवापुरका ५२ बर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी विभत्स हत्या गरेको अवस्थामा भेटिएपछि ७ महिने छोरी टुहुरी बनेकी हुन्। 

बालिकाको पालनपोषणका लागि चन्दा संकलन गरिदै 
आमाबुबाको हत्यापछि टुहुरी बनेकी बालिकाको पालनपोषणका लागि चन्द संकलन गरिन थालेको छ।

अधिकारकर्मी शारदा चन्दको अगुवाईमा झलारी बजार क्षेत्रमा चन्दा संकलन भईरहेको हो। बालिकालाई अहिले उनको मामाघरमा राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस