Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

घुससहित वडा सचिव पक्राउ

खवर संवाददाता
२०७६ फाल्गुन १६, ०२:०५
अ+

धनुषाको धनौजि गाँउपालिका–२ का वडा सचिव (खरिदार) सुशिल ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयबाट खटिएको टोलीले २० हजार घुस सहित पक्राउ गरेको छ।

ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनकै कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ।
 

Skip Ad