सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ फाल्गुन १६, १२:५१ खबर संवाददाता

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सुर्खेतमा शुक्रवार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका सिम्ता गाउँपालिका–९ निवासी २४ वर्षीया भुपाल खत्रीको उपचारको क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका–९ झुल्केस्थित नेपालगञ्जबाट जामुने बजार सुर्खेततर्फ जाँदै गरेको लु १ ज ४०७९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकको बायाँ भित्तामा ठोकिएर दुर्घटना भएको थियो।

दुर्घटनामा परेका जयबहादुर अधिकारी, सूर्यबहादुर रोकाय, ईश्वर गिरी र बिरुनाथ योगीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस