सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएमबि बैंकले गर्याे नयाँ ब्याजदर सार्वजनिक

२०७६ फाल्गुन १६, १२:४१ खबर संवाददाता

एनएमबी बैंक लिमिटेडले ग्राहकहरुको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जस अन्तर्गत बैंकले ग्राहकहरुको लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९ दशमलव २५ तथा संस्थागत तर्फ ८ दशमलव ५० प्रतिशत ब्याज कामय गरेको छ।

हाल बैंकले ग्राहकहरुको सुविधामा आधारित विभिन्न ५५ वटा भन्दा बढी बचतको योजना रहेका छन्। बैंकले कर्जाको पनि ब्याजदर सार्वजनिक गरेको छ। जसअनुसार बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी १८ दशमलव ६५ प्रतिशतसम्म ब्याज लाग्ने गरेको बैंकले जनाएको छ। त्यस्तै बचतमा भने बैंकले सबैभन्दा सबैभन्दा कम ० दशमलव २५ तथा बढीमा ६ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने गरेको छ।

बैंकबाट ल्याण्ड पर्चेज, मोटर बाइक लोन अटो, पर्सनल, शैक्षिक धितोकर्जा, हाउजिङ लगायतका क्षेत्रमा लोन लिँदा १८ दशमवल ६५ प्रतिशतसम्म ब्याज लाग्ने छ। यस्तै एसएमई लोन लिन १७ दशमलव १५ प्रतिशत ब्याज लाग्ने छ। साथै बैंकको माघ सम्मको आधार दर १० दशमलव ५१ प्रतिशत रहेको छ। 
 

कमेन्ट लोड गर्नुस