सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना गम्भीर घाइते

। फोटो स्रोत ।
२०७६ फाल्गुन १६, १२:१९ खबर संवाददाता

प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

स्याङ्जाको भीरकोट नगरपालिका ६ लुव्दीखोलामा प्याग्लाइडिङ् दुर्घटना हुँदा एक जना फ्रान्सेली नागरिक घाइते भएका छन्। भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याग्लाइडर नेपाल विद्युत प्राधिकरणको हाईटेन्सन लाईनबाट जोखिन खोज्दा ३५ बर्षीय फ्रान्सेली नागरिक साईरुम हेनरी ब्रोली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

गम्भीर घाइते साइरुमको हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याराग्लाईडिङ पकान फाट नजिकै अवतरणका क्रममा बिजुलीको तारबाट जोगिन खोज्दा दुर्घटना भएको बाबु एडभेन्चरका प्याराग्लाईडिङ संचालक सानुबाबु सुनुवारले बताए।

घाइतेलाई फिष्टेल एअरको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ। बाह्रय चोट नदेखिएको र बोल्न सक्ने अबस्था रहेको प्रहरीले जनाएको छ। वडाप्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेको कमाण्डमा खटिएको टोलीलेले उनको उद्दार गरेको थियो। घाइतेको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ। अहिलेसम्म बिजुलीको तारकै कारण ५÷६ पटकसम्म यस क्षेत्रमा दुर्घटना भैसकेको भएता पनि सम्बन्धित निकायले ध्यान नदिएको प्याराग्लाईडिङ सञ्चालक सुनुवारको आरोप छ।
 

कमेन्ट लोड गर्नुस