सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आमाबुबाको हत्यापछि ७ महिने छोरीको बिचल्ली

२०७६ फाल्गुन १६, ११:२८ खबर संवाददाता

कञ्चनपुरमा आमाबुबाको हत्यापछि ७ महिनाकी छोरी टुहुरी भएकी छन्। बीहिबार विभत्स हत्या गरेको अवस्थामा घरमै जिल्लाको शुँक्लाफाटा नगरपालिका ११ झलारी कलुवारमा भेटिएका ५२ बर्षीय जयलाल भण्डारी र उहाँकी श्रीमती २२ वर्षीय धनादेवी भण्डारी भेटिएपछि उनीहरुकी ७ महिने छोरी टुहरी भएकी हुन्।

ईलाका प्रहरी कार्यालय झलारी प्रमुख प्रहरी निरिक्षक धर्मेन्द्रबहादुर रावलले दिनेश खबरलाई आमाबुबाको हत्यापनि ७ महिने छोरी स्मृती (नाम परिवर्तन) टुहुरी भएको बताए। ‘दुवै जनाको हत्यापछि बीहिबार बालिकालाई उनको मामलीको जिम्मा लगाईएका छौँ।’ प्रहरी निरिक्षक रावलले भने।

प्रहरीका अनुसार बालिकाको मामाघर पनि शुँक्लाफाटा नगरपालिका ११ कै अमरपुरमा पर्छ। भण्डारीले जेठी श्रीमतीको स्तन क्यान्सरबाट मृत्यु भएपछि दोस्रो विवाह गरेका थिए। बीहिबार दिउँसो उनका आमाबुबा फरक फरक घरमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक कृष्णानन्द भट्टले मृतकको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको दिनेश खबरलाई जानकारी दिए। उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

हत्या आशंकामा कसैलाई पक्राउ नगरिएको प्रहरी निरिक्षक भट्टले बताए। प्रहरीले बीहिबार धनगढीबाट तालिम प्राप्त कुकुर लगेर पनि अनुसन्धान गरेको थियो। तर प्रारम्भीक अनुसन्धानबाट प्रहरीले हत्यामा संलग्नको विषयमा कुनै संकेत प्राप्त गर्न सकेको छैन्। 
  

कमेन्ट लोड गर्नुस