सुदूर नेपाललाई विश्वसँग जोड्दै

फ्रान्स पठाइदिन्छु भन्दै ३८ लाख ठगी गर्ने महिला पक्राउ

२०७६ फाल्गुन १५, ०७:४० खबर संवाददाता

फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका– १९ बस्ने पूर्णीमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा (प्याकिङ फुड) कामको लागि आकर्षक तलव हुन्छ भनि प्रलोभनमा पारेर तीन जनाबाट सो रकम लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ।

पीडित शिर बहादुर थापा समेतले दिएको निवेदनका आधारमा प्रहरीले उनलाई बुधबार तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी थप कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस